नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ३८ फिल्म

‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल–२०२२’ यही २३ देखि २६ जुनसम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको फेष्टिभल यो बर्ष भौतिक र अनलाइन (भर्चुअल) विधिबाट हुने भएको हो । फेस्टिभलमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिल्म प्रदर्शन हुनेछ ।
२३ जुनमा पुरानो ग्रीनबेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित फिल्म ‘हल्कारा’ को भौतिक प्रदर्शनबाट फेस्टिभलको शुभारम्भ हुनेछ । समापन भने जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको सर्ट फिल्म ‘द लिप रिडर’ प्रदर्शन हुनेछ ।
भौतिक प्रदर्शनीबाहेक फेस्टिभल अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत फिल्महरु हेर्न सकिनेछ । विगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा दुईवटा फिल्म प्रदर्शन हुनेछन् भने स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज उपप्रदर्शन गरिनेछ ।
प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिनेछ । प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत पनि गरिनेछ ।
फेस्टिभलका लागि ७ जनाको निर्णायक मण्डल घोषणा गरिएको छ । जसमा नेपालबाट अनुप सुबेदी ,अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब छन् । सन् २०१७ देखि गैर–नाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले निरन्तर यो चलचित्र महोत्सव आयोजना गर्दै आइरहेकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे
-
इन्फिनिक्सले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन, मूल्य २५ हजार ९९९
-
एन्फाद्वारा राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षकलाई स्वागत
-
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापीरुपमा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना
-
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
-
विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको 'केटुके ड्राइभ' सुरु