‘दोस्ताना २’ मा अक्षयकुमार कि कार्तिक आर्यन ?
धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ को काम सुरु भएको छ । फिल्मको मुख्य भूमिकामा कहिले अभिनेता कार्तिक आर्यन र कहिले अक्षयकुमारको चर्चा हुने गर्दछ । फिल्मको बिषयमा पछिल्लो समय बाहिर आएको समाचार पत्याउने हो भने फिल्ममा अक्षयकुमार देखिनेछन् ।
अक्षयको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भएको छ । तर पनि अक्षयको स्टारडम कायम छ । धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ अक्षयको आगामी प्रोजेक्ट हुनसक्छ । फिल्मको विषयमा निर्माण युनिट र अक्षय कुमारबीच कुराकानी भइरहेको बताइएको छ ।
रिपोर्टका अनुसार अहिले फेरि फिल्मको स्क्रिप्टमा काम थालिएको छ । जुन स्क्रिप्त अक्षयकुमारलाई ध्यानमा राखेर बन्ने छ । फिल्ममा अभिनेत्रीको रुपमा जान्ह्वी कपुर रहेकी छन् । अक्षयकुमारमा भित्रिएपछि छिट्टै फिल्मको सुटिङ सुरु हुने समाचारमा उल्लेख छ ।
‘दोस्ताना २’ २००८ मा रिलिज भएको फिल्म ‘दोस्ताना’ को सिक्वेल हो । ‘दोस्ताना’ मा जोन अब्राहम, अभिषेक बच्चन र प्रियंका चोपडा फिल्मको मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण