काठमाडौंमा दुई जना हैजाका विरामी भेटिए
आइतबार, ०५ असार २०७९, १९ : ११
काठमाडौंमा दुई जनामा हैजाको विरामी भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार १८ र २३ वर्षका दुवै जना काठमाडौं महानगरपालिका–२८ का एउटै परिवारका सदस्य हुन् । उनीहरुको टेकु अस्पतालमा उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने भएकाले सतर्क रहन मन्त्रालयले अपील गरेको छ । यस्तै मन्त्रालयले हैजा सम्बन्धि कुनै लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण