घरेलु हिंसा विरुद्धमा जुट्यो पातारासी
जुम्लाको पातारासी गाउँपालिका घरेलु हिंसा विरोधी अभियानमा जुटेको छ । अपाङगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न लागिपरेको हो । पालिका स्तरमा अभिभुखीकरण गर्ने र सचेतीकरणका माध्यमबाट सचेतना फैलाएर हिंसा न्युनिकरणमा जुटेको हो । नेपाल अपाङ्ग महिला सघं जुम्लाको आयोजना तथा पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको साझेदारीमा हिंसा विरोधी क्रियाकलाप भइरहेको महिला बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् ।
पालिकामा बन्ने भौतिक सरंचना सबै अपाङ्गता मैत्री बनाइनुपर्ने,वडास्तर देखि पालिका सम्म अपांगता भएका व्याक्तीहरु सिपमुलक र आयआर्जनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिइएको छ । पातारासी गाउँपालिका अध्यक्ष पुनसिंह बोहोराले सबै किसिमका महिला माथि हुने हिंसा अन्त्य गर्न महिलालाई सचेत बनाउनु आवश्यक रहेको बताए । गाउँपालिकाले अपांङगता भएका महिला हिंसा अन्त्य र महिला अधिकारका पक्षमा काम गर्न महिलाहरूको सशक्तिकरणका लागि आवश्यक बजेट विनियोजन गरिने बताए ।
महिला हिंसा अन्त्यका लागि महिलालाई सशक्तिकरण गर्ने र यस विषयमा नीति कार्यक्रम ल्याउन जोड रहने बताए । पातारासी गाउँपालिका ३ वडा अध्यक्ष गोविन्द्र रावतले अपांग मात्रै नभइ सबै महिलाहरुका लागि विशेष खालका कार्यक्रम गरिने बताए । समाजमा फरकक्षमता भएका व्याक्तीहरुलाइ गरिने व्यवहार र हेर्न दृष्टिकोण समान हुनुपर्ने बताए । अभिमुखीकरण कार्यक्रममा ३३ जनाको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकको उपचार जारी
-
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना
-
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
-
सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण