शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकको उपचार जारी

शनिबार, २७ असार २०८३, ०८ : ४३
शनिबार, २७ असार २०८३

सारांश

  • सर्लाहीमा पेट्रोल छर्केर आफैँलाई आगो लगाउने युवकको काठमाडौँमा उपचार भइरहेको छ।
  • गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डललाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।
  • प्रहरीका अनुसार मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी छ र आफन्तजनका अनुसार उनलाई मानसिक समस्या छ।

काठमाडौँ । सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याएर उपचार जारी रहेको छ। गोडैता नगरपालिका–१० का विवेक मण्डलले शुक्रबार पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए ।

३५ वर्षीय मण्डललाई तत्कालै सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार मण्डलको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

मण्डललाई मानसिक समस्या रहेको आफन्तहरूले प्रहरीलाई बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप