शल्यक्रियापछि बिग्रियो अभिनेत्री स्वातीको अनुहार
कन्नड अभिनेत्री स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् जसका कारण उनले ठूलै समस्या भोग्नुपरेको छ । गलत उपचारका कारण स्वाती सतीशको अनुहार बिग्रियो । शल्यक्रियापछिका उनका केही तस्बिर पनि बाहिरिएका छन् । स्वातीले आफ्नो अवस्थाका लागि चिकित्सकलाई दोष दिँदै गलत उपचार गरेको आरोप समेत लगाएकी छन् ।
अहिले स्वातीलाई चिन्न मुश्किल
रिपोर्टका अनुसार बेङ्गलोर निवासी स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । यसपछि उनको पुरै अनुहार सुन्निएको थियो र दुख्न पनि सुरु भएको थियो । त्यसैले उनलाई चिन्न नै मुश्किल छ । स्वातिका अनुसार डाक्टरले उनलाई यो समस्या २–३ दिनमा हल हुने आश्वासन दिएता पनि तीन हप्तापछि पनि उनको अवस्थामा सुधार आएन ।
उपचार र औषधिको बारेमा गलत जानकारी दिइएको आरोप
मिडिया रिपोर्टका अनुसार स्वातीले डाक्टरले आफुलाई उपचार र औषधिको बारेमा गलत र अधुरो जानकारी दिएको आरोप लगाएकी छन् । उपचारका क्रममा उनलाई एनेस्थेसियाको सट्टा सेलिसिलिक एसिड दिइएको दाबी गरिएको छ । स्वाती उपचारका लागि अर्को अस्पताल गएपछि मात्रै उनलाई यो कुरा थाहा भयो । अहिले स्वाती सतीश घरमा आराम गरिरहेकी छिन् ।
सेलिसिलिक एसिड के हो ?
सेलिसिलिक एसिड एउटा यस्तो रासायनिक पदार्थ हो, जुन विशेष गरी बजारमा पाइने थुप्रै स्किन केयर प्रोडक्टमा मिसाइन्छ । यसलाई साधारणतया शरीरको बाहिर हिस्सामा प्रयोग गरिन्छ । यसले डण्डिफोर र छालासम्बन्धि समस्याबाट राहत दिलाउन मद्दत गर्छ । सेलिसिलिक एसिडको गलत प्रयोगले बिरामीको मृगौला, फोक्सो र मुटुलाई नराम्रोसँग प्रभावित गर्नसक्छ । यो सधैँ डाक्टरको सल्लाहमा मात्रै लिनुपर्छ । २ वर्षभन्दा कम उमेरका बालकालिकाका लागि यो विषालु औषधी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण