बाँकेमा रगत अभावमा हट्यो
बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ । जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो ।“हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको र अहिले अभाव पनि टरेको छ”, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भने। उनका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ ।
रेडक्रसको नेपालगञ्ज र कोहलपुरस्थित रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ । अस्पतालहरूमा बिरामीको चाप कम भएका कारण रगतको माग पनि घटेको अधिकृत श्रेष्ठले बताए ।यसैगरी रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यले स्वयंसेवकको सङ्ख्या अझ वृद्धि गर्न जिल्ला रेडक्रसले प्रचारमुखी अभियान पनि सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण