जिसस हुम्लाको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित
जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको छ ।
आजका लागि तोकिएको निर्वाचनमा नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।
निर्विरोध निर्वाचितले आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्विरोध निर्वाचित नेकपा एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलु फडेरा रहेका छन् ।
त्यसैगरी, सदस्यहरूमा नेपाली काँग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुर शाही र धीरबहादुर सिंह निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट चुदी जाङ्मु तामाङ, कर्ण दमाईलगायत विजयी भएका छन् । यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण