तिलोत्तमाको नगरसभा अवरुद्ध
कार्यपालिकाले गरेको निर्णयलाई लिएर नेपाली काँग्रेसले एमालेमाथि आरोप लगाएपछि तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगित भएको छ । केही दिन अगाडि बसेको कार्यपालिका बैठकमा हाल कायम करका दरमा हेरफेर नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो ।
नगर प्रमुख रामकृष्ण खाँणको अध्यक्षतामा नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकले करका पुरानै दर कायम राख्ने निर्णय गरे पनि काँग्रेसले भने कर घटाउने आफूहरूको प्रस्तावमा एमालेले बहुमतको आडमा अस्वीकार गरेको आरोप लगाएपछि नगरसभा स्थगित भएको हो । “सिंगो कार्यपालिकाले गरेको निर्णयलाई लिएर कुनै पार्टी विशेषलाई आरोप लगाउन मिल्दैन, यसको नगरपालिकाले स्पष्ट नपारेसम्म र गल्ती नसच्याएसम्म नगरसभा अघि बढ्न सक्दैन,” कार्यपालिकाका एक सदस्यले भने ।
काँग्रेस नेतासमेत रहेका रोमणिप्रसाद पाठकले तीन दिनअघि सामाजिक सञ्जाल फेसबुकमा केही करको दायरा घटाउने काँग्रेसको प्रस्तावमा बहुमतको एमालेले अस्वीकृत गरेको आरोप लगाउँदै स्टाटस लेखेका थिए । कार्यपालिकाले गरेको निर्णय एमालेविरुद्ध प्रयोग गरिएको भन्दै एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले विरोध गरेपछि तीन दिनदेखि कार्यपालिका बैठक अवरुद्ध हुँदै आएको छ । बुधबारका लागि तय गरिएको नगरसभा पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
मंगलबारको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका थियो । तर एमालेबाट निर्वाचित सदस्यहरूले नगरपालिकाले संस्थागत रूपमै गल्ती सच्याउनुपर्ने अडान नछाडेपछि नगरसभा नै बस्न सकेन । गाउँसभा र नगरसभाको कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ को परिच्छेद २ को खण्ड ५ मा बैठकमा सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिने छैन भन्ने उल्लेख छ । तिलोत्तमा नगरसभा र कार्यपालिकामा एमालेको बहुमत छ ।
संविधानअनुसार स्थानीय तहले १० असारभित्र आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ । तर नगरसभा अवरुद्ध भएपछि नीति कार्यक्रम प्रस्तुत गर्ने समय नै पछाडि धकेलिएको छ । यसबाट बजेटसमेत अनिश्चित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण