बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘नयाँ नेतृत्वले खेलाडीको हक–हितका विषयमा बोल्छ भन्ने आशा छ’

बुधबार, ०८ असार २०७९, १२ : ११
बुधबार, ०८ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत खेलाडी संघका अध्यक्ष विक्रम लामाले अबको नयाँ नेतृत्वले खेलाडीको हक हितको विषयमा बोल्छ भन्ने विषयमा आफू विश्वस्त भएको बताएका छन् । एन्फा निर्वाचनका लागि मताधिकार पाएको खेलाडी संघले नयाँ कार्यसमितिले पहिलेदेखि नै खेलाडीको हक हितका विषयमा आवाज उठाउने भएकाले आफूहरूले सकारात्मक रूपमा लिएको बताएका हुन् । 

‘नयाँ कार्यसमितिलाई हामीले सकारात्मक रूपमा हेरेका छौँ । उहाँहरूले खेलाडीको हक–हितको विषयमा बोल्नु हुन्छ भन्ने हामीलाई आशा छ । उहाँहरू पहिले पनि खेलाडीको पक्षमा बोलेको हुनाले थप सकारात्मक छौँ,’ लामाले रातोपाटीसँगको कुराकानीमा भने । 

नयाँ कार्यसमितिले बाह्र महिना नै खेलकुदलाई चलायमान बनाउने विषयमा सोच्दा राम्रो हुने बताए । उनले खेलाडीको बीमा, तलब तथा भत्ताहरूको विषयमा पनि अबको कार्यसमितिले कुरा उठाउनु पर्ने बताए । 

नयाँ कार्यसमितिले चुनाव जित्ने लगत्तै खेलाडी विवादको विषयमा छानबिन समितिको प्रतिवेदन पढेर सोही अनुसार अघि बढ्ने बताएका कारण आफूहरू न्याय पाउने विषयमा सकारात्मक रहेको बताए । ‘अध्यक्षले चुनाव जितिसकेपछि नै खेलाडीहरूलाई न्याय दिन्छु भन्नु भएको थियो । हामी न्याय पाउने विषयमा सकारात्मक छौँ,’ उनले भने । 

मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले खेलाडीलाई क्याम्प छोड्न दबाब दिएपछि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीहरू क्याम्प छोडेर गएका थिए । एन्फा निर्वाचनको समयमा भएको उक्त विवादलाई निर्वाचन सकिसकेपछि मिलाउने एन्फाका तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप