‘नयाँ नेतृत्वले खेलाडीको हक–हितका विषयमा बोल्छ भन्ने आशा छ’
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत खेलाडी संघका अध्यक्ष विक्रम लामाले अबको नयाँ नेतृत्वले खेलाडीको हक हितको विषयमा बोल्छ भन्ने विषयमा आफू विश्वस्त भएको बताएका छन् । एन्फा निर्वाचनका लागि मताधिकार पाएको खेलाडी संघले नयाँ कार्यसमितिले पहिलेदेखि नै खेलाडीको हक हितका विषयमा आवाज उठाउने भएकाले आफूहरूले सकारात्मक रूपमा लिएको बताएका हुन् ।
‘नयाँ कार्यसमितिलाई हामीले सकारात्मक रूपमा हेरेका छौँ । उहाँहरूले खेलाडीको हक–हितको विषयमा बोल्नु हुन्छ भन्ने हामीलाई आशा छ । उहाँहरू पहिले पनि खेलाडीको पक्षमा बोलेको हुनाले थप सकारात्मक छौँ,’ लामाले रातोपाटीसँगको कुराकानीमा भने ।
नयाँ कार्यसमितिले बाह्र महिना नै खेलकुदलाई चलायमान बनाउने विषयमा सोच्दा राम्रो हुने बताए । उनले खेलाडीको बीमा, तलब तथा भत्ताहरूको विषयमा पनि अबको कार्यसमितिले कुरा उठाउनु पर्ने बताए ।
नयाँ कार्यसमितिले चुनाव जित्ने लगत्तै खेलाडी विवादको विषयमा छानबिन समितिको प्रतिवेदन पढेर सोही अनुसार अघि बढ्ने बताएका कारण आफूहरू न्याय पाउने विषयमा सकारात्मक रहेको बताए । ‘अध्यक्षले चुनाव जितिसकेपछि नै खेलाडीहरूलाई न्याय दिन्छु भन्नु भएको थियो । हामी न्याय पाउने विषयमा सकारात्मक छौँ,’ उनले भने ।
मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले खेलाडीलाई क्याम्प छोड्न दबाब दिएपछि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीहरू क्याम्प छोडेर गएका थिए । एन्फा निर्वाचनको समयमा भएको उक्त विवादलाई निर्वाचन सकिसकेपछि मिलाउने एन्फाका तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण