लापरबाही गरेको भन्दै म्याराडोनाको उपचारमा संलग्न ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने
अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको मृत्युमा ‘आपराधिक लापरबाही’ गरेको भन्दै आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । मेडिकल प्यानलले म्याराडोनाको उपचारमा ‘कमजोरी र अनियमितता’ भएको पाएपछि त्यहाँका एक न्यायाधीशले हत्याको मुद्दामा सुनुवाइ गर्न आदेश दिएका हुन् ।
म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएको थियो । उनले एक महिनाअघि मस्तिष्कमा रगत जमेको शल्यक्रिया गराएका थिए । उनी घरमा नै यसको उपचार गराइरहेका थिए । उनको मृत्युको केही दिनपछि नै अर्जेन्टिनाका अभियोजकहरुले उनको उपचारको संलग्न डाक्टर तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए ।
म्याराडोनाको मृत्युबारे अध्ययन गर्न बनाइएको २० जना विज्ञहरूको प्यानलले उनको मेडिकल टिमले ‘अनुपयुक्त, कमजोर र लापरवाह तरिका’ ले काम गरेको ठहर गरेको थियो । म्याराडोनाले राम्रो उपचार पाएको भए उनी बाँच्ने सम्भावना बढी हुने पनि प्यानलको ठहर थियो ।
मुद्दा खेप्नेमा म्याराडोनाका न्युरोसर्जन र व्यक्तिगत डाक्टर लियोपोल्डो लुके, एकजना साइकियाट्रिस्ट, दुई डाक्टर, दुई नर्स र उनीहरूको मालिकलगायत रहेका छन् । सबैले उक्त आरोपको खण्डन गरेका छन् । अभियोग पुष्टि भए उनीहरूलाई ८ देखि २५ वर्षसम्म जेल सजायको व्यवस्था रहेको छ । सुनुवाइको मिति तय गर्न भने बाँकी रहेको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण