तिलोत्तमा नगरपालिको नीति तथा कार्यक्रम : अधिकांश पुरानै कार्यक्रम (पूर्णपाठसहित)
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
नीति तथा कार्यक्रमका कृषिलाई पकेट क्षेत्र बनाउनेदेखि आर्थिकरूपमा कमजोर भएकाहरूलाई नगर प्रमुख नागरिक सहायता कोष खडा गर्नेसम्मका योजना रहेका छन् । यस्तै स्वास्थ्य, शिक्षालाई विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा पुँजीगत खर्च बढाउन फागुन मसान्तभित्र सम्झौता गर्ने र जेठ मसान्तभित्र भुक्तानी गरिसक्नु पर्ने व्यवस्था गरिएको मेयर खाणले बताए। यस्तै प्रत्येक वडामा दक्ष नर्ससहित प्रस्तुति सेवा उपलब्ध गराउने, वडा नं ६ र १७ मा १५ शैयाको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालन गरिने, कृषिका लागि पकेट क्षेत्र घोषणा गर्ने, वडा १२ मकै, १३ माछा, १४ तरकारी, १७ गहुँ पकेट क्षेत्र घोषणा गरी अनुदान दिने नीति रहेको छ ।
पशुपालन किसानलाई भेटेरिनरी र भ्याक्सिनको निःशुल्क व्यवस्थापन गरिने, वडा नं १७ मा चिस्यान केन्द्र स्थापना गर्ने, खेतीयोग्य जमिनलाई प्लटिङ गर्न निरुत्साहित गर्ने नीति तथा कार्यक्रममा रहेको छ । यस्तै वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई कृषिमा जोड्न ‘परदेशको ज्ञान तिलोत्तमाको माटोमा योगदान’ कार्यक्रम ल्याइने मेयर खाणले बताए । यस्तै शिक्षातर्फ लक्षित वर्गका बालबालिकालाई आधारभूत तहको शिक्षामा छात्रवृत्ति, सामुदायिक विद्यालयमा विद्युत् तथा पानीको महसुलमा ५० प्रतिशत अनुदान, विद्यालयको इन्टरनेट निःशुल्क, संस्थागत विद्यालयमा कम्तीमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्थालाई प्रभावकारी बनाउने, सामुदायिक विद्यालयका छात्राहरूलाई स्यनिटरी प्याड निःशुल्क वितरण र दिवा खाजामा कक्षा ६ सम्मका विद्यार्थीलाई १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै नगर भित्रका सडकलाई ५ वर्षभित्र दुई लेनमा विस्तार गर्ने, सहायक सडकलाई कालोपत्रे गर्ने नगरपालिकाले नीति लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण