बाँकेमा ट्रक र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु
शनिबार, ११ असार २०७९, १९ : ४३
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कोहलपुरतर्फ आइरहेको ना ५ ख ४२०४ नंको ट्रकले भे ११ प ७०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँकेको बैजनाथ गाउँपालिका–२ निवासी २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दीपिकाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दीपिकाका श्रीमान् ३५ वर्षीय दिलबहादुर कटुवाल घाइते भएका छन् ।
ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण