जो बलिउड सेलिब्रेटी जस्तै देखिन्छन्, छुट्याउनै गाह्रो
सबैजना बलिउड सेलिब्रेटीजस्तै देखिन चाहन्छन् । कोही भने ठ्याक्कै उनीहरू जस्तै देखिन्छन् । केही समयअघि विश्व प्रसिद्ध फोटोग्राफर स्टीव म्याक्रीले एक फोटो साझा गरे । तस्बिरमा देखिएका व्यक्तिको अनुहार बलिउड मेगास्टार अमिताभ बच्चनसँग मिल्दोजुल्दो थियो ।
‘ठग्स अफ हिन्दोस्तान’का अभिनेताको लुक हेर्दा ठ्याक्कै त्यस्तै देखिन्छ । यी व्यक्ति हुन् पाकिस्तानमा बस्ने अफगानी शरणार्थी शाहबाज ।
बलिउडमा यस्ता धेरै सेलिब्रेटीहरू छन् जसको लुकका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
शाहरुख खान
शाहरुख खानजस्तै देखिने व्यक्तिको नाम इब्राहिम कादरी हो । इब्राहिम ठ्याक्कै शाहरुख जस्तै देखिन्छन् । इब्राहिम सामाजिक सञ्जालका चर्चित स्टारमध्ये एक हुन् । इब्राहिमको इन्स्टा पेजमा उनको धेरै पोज, प्रोफाईल देखेर तपाई रिल र रियल शाहरुखबीच भ्रममा पर्नुहुनेछ।
ऐश्वर्या राय
ऐश्वर्याको लुक धेरै देखिए पनि केही समय अघि एक युवतीको डान्स भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । ती युवती ठ्याक्कै ऐश्वर्याजस्तै देखिन्थिन् । विशेष कुरा के छ भने उनी अभिनेत्रीको गीतमा नाच्दै वा लिप्सिङ गरेको देखिएकी थिइन् । ऐश्वर्या रायजस्तै देखिने यी युवतीको नाम आशिता राठौर हो । सामाजिक सञ्जालमा आशिताको थुप्रै फ्यान फलोइङ छ ।
आलिया भट्ट
आलिया भट्टको लुक जस्तै भएको युवतीको भिडियो पनि सामाजिक सञ्जालमा छाएको थियो । आलियाजस्तै देखिने युवती सेलस्टी बैरागी हुन् । उनी आफै पनि अभिनेत्री हुन् र म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । सेलेस्टी असमकी हुन्। सेलेस्टी हाँस्दा अनुहारमा आलियाको जस्तै डिम्पल पनि पाउँछन्।
करिश्मा कपुर
ऐश्वर्या, आलिया बाहेक करिश्मा कपुर जस्तै देखिने युवती पनि छन् । उनको नाम हिना खान हो । उनी पाकिस्तानकी भएपनि लण्डनमा बस्छिन् । इन्स्टाग्राममा हिनाको ठूलो फ्यान फलोइङ छ ।
सुशान्त सिंह राजपूत
यो सूचीमा सुशान्तको नाम पनि परेको छ । सुशान्तको मृत्युपछि उनी जस्तै देखिने युवकको तस्बिर निकै भाइरल भएको थियो । ती युवकको नाम सचिन तिवारी थियो। सचिनले आफ्नो एउटा तस्विर सेयर गरेका छन् जसमा उनी पवित्र रिश्ताको मानव लुकमा देखिएका छन् ।
फ्यानहरूले उनलाई सुशान्तको बायोपिकमा काम गर्न सल्लाह पनि दिएका थिए । सचिन उत्तर प्रदेशको रायबरेलीका बासिन्दा हुन् र उनलाई हजारौँले सामाजिक सञ्जालमा फलो गर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण