कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलनको तयारीमा स्वास्थ्यकर्मी
रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुले कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने घोषणा गरेको भत्ता अहिलेसम्म उपलब्ध नपाएपछि आज पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
संघर्ष समितिका संयोजक गोपाल उपाध्यायले कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले तत्काल भत्ता नपाएका आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले ओपीडी बन्द गर्नेसम्मको तयारी रहेको बताए ।
भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन्। उनीहरूले साउनदेखि पुससम्मको एक करोड ४९ लाख ८० हजार रकम लिनुपर्नेछ । प्रदेश सरकार र संघीय सरकारले ५०–५० प्रतिशत जोखिम भत्ता ६ महिनाका लागि दिने घोषणा गरेका थिए ।
भीम अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताले स्वास्थ्यकर्मीहरुलाई प्रदान गर्ने कोरोना भत्ता अहिलेसम्म प्राप्त नभएका कारणले दिन नसकिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण