राजुले बनाए टेलिशृंखला ‘परदेशी हजुर’
मङ्गलबार, १४ असार २०७९, ०८ : ४८
राजु गिरीको निर्देशनमा टेलिश्रृंखला ‘परदेशी हजुर’ निर्माण भएको छ । बढ्दो बेरोजगारी र गरिबीका कारण युवाहरु विदेश पलायन हुन बाध्य भएको कथा टेलिश्रृखलाले देखाएको छ ।
बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुषोत्तम ढुंगाना लगायतका कलाकारको अभिनय टेलिश्रृखलामा देख्न सकिन्छ ।
५२ भागसम्म निर्माण हुने टेलिश्रृखलाका निर्माता सुभाष पुरी हुन् । निर्देशक गिरीकै लेखन रहेको श्रृंखलामा विष्णु निराकरणको छायांकन छ । टेलिश्रृंखला हरेक शनिबार मेघा टेलिभिजन र ‘परदेशी हजुर’ नामक युट्युबबाट समेत प्रसारणमा आउनेछ ।
टेलिश्रृंखलाको गीत भने समीक्षा अधिकारीको स्वर, राजु बस्नेतको स्वर, नविन कार्कीको गीतमा संगीत संयोजन चन्द्र चौधरीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण