एकीकृत समाजवादीका मन्त्री फेरिएसँगै पहिलो क्याबिनेट बैठक बस्दै
मङ्गलबार, १४ असार २०७९, ११ : ०७
एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
त्यसैगरी जसपाले पनि हालका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेकोले सो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको अन्तिम बैठक हुन सक्ने जसपा निकट स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण