अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा
मङ्गलबार, १४ असार २०७९, १५ : १९
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्ध बाबामा पहिरो खसेर अवरुद्ध भएको सडक अहिले एकतर्फी रूपमा सञ्चालन आएको छ । एकतर्फी रूपमा सञ्चालन भएपछि बिहानैदेखि रोकिएका यातायातका साधन गन्तव्यतर्फ लागेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठुलो छहरा खस्दा सवारी साधनहरू प्रभावित भएका थिए।
प्रहरीले सडक दुईतर्फी रूपमा पनि सञ्चालनमा ल्याउने प्रयास गरेको जनाएको छ । सिद्धबाबा वर्षा हुनासाथ लगातार पहिरो जाने गर्छ- जसले गर्दा बुटवलबाट पाल्पा, गुल्मी जाने र आउने सवारी चालकहरूलाई सास्ती हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण