ज्योतिनगरबाट बगेको लेदोले बुटवलका सडक हिलाम्य, ठाउँठाउँमा बाढी
मङ्गलबार, १४ असार २०७९, १५ : ३४
मंगलबारको वर्षाले रुपन्देहीका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । अविरल वर्षाले बुटवलको ज्योतिनगरमा ३/४ घरमा लेदो पसेको छ भने केही ठाउँमा ढल तथा सडक अवरुद्ध भएको छ ।
ज्योतिनगरबाट आएको भेलले राजमार्ग चौराहा–गोल पार्क ६ लेन सडक हिलाम्य भएको छ । बुटवलको गोल पार्क, लक्ष्मी नगर, ट्राफिक चोक, अस्पताल लाइन हुँदै नयाँ बसपार्कसम्म सडकमा ज्योतिनगरबाट बगेर आएको लेदो भेलले सवारी आवतजावतमा कठिनाइ भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रवीन्द्र रेग्मीले सडकमा लेदो आएर सवारी साधन सञ्चालनमा केही समस्या भए पनि मानवीय क्षति नभएको बताए । उनका अनुसार जिल्लाका केही ठाउँमा साना पहिरो खसेको सूचना प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण