विमला वलीको राजीनामाबारे आज प्रदेशसभामा जानकारी गराइने
बुधबार, १५ असार २०७९, १३ : ०६
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएको सन्दर्भमा आज प्रदेशसभा बैठकलाई जानकारी गराइने भएको छ । उनीमाथि जेठ ३१ गते दाङका वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप छ । उनका बारेमा छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाउने समय नजिकिँदै गर्दा उनको राजीनामा आएको हो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले आज बस्ने प्रदेशसभा बैठकमा वलीको राजीनामाबारे सभामुखले जानकारी गराउने बताए । यसैबीच बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक सभामुखको आदेशअनुसार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनमगरका अनुसार दिउँसो १ बजे बैठक बस्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण