लुम्बिनी प्रदेश सरकारको बजेट पारित
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । लुम्बिनी प्रदेशसभाको बुधबार बसेको बैठकले अर्थमन्त्री कृष्णध्यज खड्काद्वारा प्रस्तुत बजेट बहुमतले पारित गरेको हो ।
असार १ गते प्रस्तुत बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल भएको थियो । छलफल सकिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेको विधेयक प्रदेशसभाले पारित गरेको हो । आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको छ । जसअनुसार चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रहने अनुमान गरिएको छ ।
वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड लाख रहने गरी बजेटमा प्रस्ताव गरिएको छ । प्रदेशसभाको आज बसेकै बैठकमा प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत पारित भएको छ । यसैगरी खेलकुद ऐन २०७६ समेत पारित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण