बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी
बुधबार, १५ असार २०७९, २२ : ३६
बुटवलमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्। बुटवल उपमहानगरपालिका १२ नयाँ गाउँमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी भएको प्रहरीले जनाएको छ। त्यसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।
जंगलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, ८ वर्षकी सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी परेका छन् । जंगली च्याउ खाएर बिरामी परेका उनीहरुलाई पौने ९ बजे आफन्तले अस्पताल पुर्याएका थिए ।
जंगली च्याउ खाएर बिरामी परेकाहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण