गुल्मीमा दुई वर्षपछि धान रोपाई महोत्सव
गुल्मीमा दुई वर्षपछि (असार १५) धान रोपाई महोत्सव मनाइएको छ । यस कोरोना संक्रमणका कारण रोपाई महोत्सव मनाउन नपाएको गुल्मीले यो वर्ष भने धुमधामका साथ महोत्सव मनाएको हो ।
बुधबार कृषि ज्ञान केन्द्र गुल्मी, इस्मा गाउँपालिका र धान पकेट समन्व्य समिति इस्मा–६ को संयुक्त आयोजनामा सोही वडाको प्रसिद्ध जाब्लुङ्गफाँटमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्याल, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्का, रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवर, इस्माका उपप्रमुख पार्वती कुँवर, धुर्कोटका उपप्रमुख सीता गिरी, इस्माका पूर्व उपप्रमुख विमला खत्री लगायतका जनप्रतिनिधिहरु सहभागी थिए ।
कृषकहरुलाई प्रोत्साहित गर्न र रोपाई महोत्सवको संस्कृति संरक्षण गर्न जनप्रतिनिधिहरु पनि जनतासँग सहभागी भएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले बताए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण