४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्कमा ग्राभेल सुरु

जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ । तत्कालै नाला निर्माण र ग्राभेलको काम अघि बढेको हो ।
अहिले जग्गा सम्याउने काम थालिएको पोखराका मेयर धनराज आचार्यले बताए । आधा भागमा ग्राभेल हालेर सम्याउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गरिएको छ ।
‘बसपार्कलाई कम्तीमा यो वर्ष धुलो र हिलो मुक्त बनाउने छौं । नाला निर्माण र ग्राभेलको काम भैरहेको छ,’ वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले भने, ‘प्रदेश सरकारले र पोखरा महानगरले मिलेर काम सुरु गरिएको हो ।’ नाला निर्माणमा प्रदेश सरकारले सहयोग गरेको छ । मर्सानी र मेयर आचार्यले बसपार्कको निरीक्षण गरेका छन् ।
ग्राभेल सकिएपछि बाँकी रहेका समस्या सुल्झाएर डीपीआर निर्माण गर्ने र सिटी बसपार्कको रूपमा स्थापित गरिने आचार्यले बताए । गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको सुरुवात गरिएको थियो ।
बसपार्कको जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । १८ फागुन २०३२ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा अहिले सुकुम्बासी भरिएका छन् । तत्कालीन समयमा अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जग्गामध्ये अहिले ८१ रोपनी मात्रै बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म
-
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
तारकेश्वरमा ५ लाख रुपैयाँ बराबरको चोरी
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु
-
गलत मनसायले बजेट प्रक्रियामा हस्तक्षेप गर्नेहरूलाई कारबाही हुन्छ : मुख्यमन्त्री शाह
-
‘संविधान पूर्ण कार्यान्वयन हुन सकेको छैन’