पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
धनगढी । केही दिनदेखि सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल एक ट्याक्टर चालकसँग कडा रूपमा बोलिरहेको भिडियो भाइरल छ। भिडियो हेरेपछि धेरैले उनको आलोचना गरेका छन्। धेरैको भनाइ छ, यसरी रिसाउनु उचित होइन।
रावलले भने भिडियोको वास्तविक घटना फरक भएको दाबी गरेका छन्। उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाको ऐठपुर क्षेत्रमा पर्ने हुलाकी राजमार्गको निर्माण काम तीन वर्षदेखि अधुरो छ। सडक नबन्दा स्थानीयले धुलो, हिलो र दुर्घटनाको समस्या भोगिरहेका छन्।
रावलको दाबीअनुसार निर्माण कम्पनीले काम पूरा नगरी त्यहाँ रहेका निर्माण सामग्री र उपकरण अन्यत्र लैजान खोजेको थियो। त्यही क्रममा सामान बोकेको ट्याक्टर रोकेर उनले काम सकिएपछि मात्र सामान लैजान आग्रह गरेका थिए।
भाइरल भिडियोमा आफू ट्याक्टर चालकमाथि रिसाएको जस्तो देखिए पनि आफ्नो आक्रोश मजदुरमाथि नभई काम नगर्ने निर्माण कम्पनीप्रति रहेको रावलको भनाइ छ। उनले छोटो भिडियो मात्र सार्वजनिक भएकाले वास्तविक अवस्था नबुझी गलत बुझाइ फैलिएको दाबी गरेका छन्।
रावलका अनुसार त्यसपछि निर्माण कम्पनी र सम्बन्धित निकाय सक्रिय भएका छन्। भोलिपल्टदेखि सडकमा पानी छर्कने र कालोपत्रेको तयारी सुरु भएको उनले बताएका छन्। उनले आफ्नो दबाबकै कारण रोकिएको काम फेरि अघि बढेको दाबी गरेका छन्।
यद्यपि, धेरैले उनको शैलीमाथि प्रश्न उठाएका छन्। उद्देश्य सही भए पनि मजदुरसँग कडा व्यवहार गर्नुको सट्टा निर्माण कम्पनी वा सम्बन्धित सरकारी निकायसँग औपचारिक रूपमा कुरा गर्न सकिन्थ्यो भन्ने मत पनि सार्वजनिक भएको छ।
रावलले भने जनताको समस्या समाधानका लागि आफूले दबाब दिएको र घटनाको निष्कर्ष निकाल्नुअघि सम्पूर्ण पृष्ठभूमि बुझ्न सबैलाई आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण