होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–४ स्थित डाउनटाउन पिज्जा र हेटौँडा–११ स्थित होटल स्मारकलाई खाद्य स्वच्छता तथा सरसफाइमा लापरबाही गरेको पाइएपछि २५/२५ हजार रुपैयाँ जरिवाना गरेको छ।
डाउनटाउन पिज्जाको भान्सामा सरसफाइसम्बन्धी कमजोरी भेटिएकाले आवश्यक सुधार नभएसम्म सञ्चालन रोक्नसमेत निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासनिक अधिकृत सन्तोष सुवेदीका अनुसार सामाजिक सञ्जालमा पिज्जामा साङ्ला भेटिएको विषय सार्वजनिक भएपछि मङ्गलबार सम्बन्धित रेस्टुरेन्टसहित विभिन्न होटल तथा खाद्य व्यवसायमा संयुक्त अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा डाउनटाउन पिज्जाको भान्सामा सरसफाइको अवस्था कमजोर, प्रयोग भइरहेको तेल थप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको तथा केही खाद्य सामग्रीको व्यवस्थापनमा समस्या देखिएको उनले बताए।
सुवेदीका अनुसार डाउनटाउन पिज्जालाई २५ हजार रुपैयाँ जरिवाना गरिएको हो । रेस्टुरेन्टलाई भान्सा पूर्ण रूपमा सफा गर्न, खाद्य सामग्री सुरक्षित तरिकाले भण्डारण गर्न तथा शाकाहारी र मांसाहारी खाद्य सामग्री छुट्टाछुट्टै राख्न निर्देशन दिइएको छ । आवश्यक सुधारपछि सम्बन्धित निकायले पुनः अनुगमन गरी मापदण्ड पूरा भएको पुष्टि गरेपछि मात्रै सञ्चालन गर्न पाइनेछ ।
यसअघि हेटौँडा–५ की एक उपभोक्ताले अर्डर गरेको पिज्जामा साङ्ला भेटिएको भन्दै तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । घटना सार्वजनिक भएपछि रेस्टुरेन्टले उपभोक्तासँग माफी माग्दै कमजोरी स्वीकार गरेको थियो।
यसैगरी, हेटौँडा–११ स्थित होटल स्मारकमा गरिएको अनुगमनका क्रममा भान्सा र भाँडा माझ्ने स्थान एउटै क्षेत्रमा रहेको तथा सरसफाइ व्यवस्थापन कमजोर देखिएको थियो।
यसबाट खाद्य सामग्री दूषित हुने जोखिम देखिएपछि होटललाई पनि प्रदेश कानुनअनुसार २५ हजार रुपैयाँ जरिवाना गरिएको सुवेदीले बताए।
होटल स्मारकलाई भान्सा र भाँडा माझ्ने स्थान छुट्टाछुट्टै बनाउन, आवश्यक कागजात सबैले देख्ने स्थानमा राख्न तथा भान्साको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण