रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
सोमबार, २९ असार २०८३, २० : ३०
सारांश
- रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
- विशेष अदालतले सिंहलाई एक महिना कैद र ५० हजार जरिवानाको सजाय सुनाएको छ।
- रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि उनले ५० हजार घुस लिएका थिए।
काठमाडौँ। रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंहलाई दोषी ठहर गरेको हो।
५० हजार घुससहित सिंहलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । अदालतले सिंहलाई एक महिना कैद र ५० हजार जरिवानाको सजाय सुनाएको छ।
रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि उनले ५० हजार घुस लिएका थिए। अख्तियारको टोलीले गत १७ चैतमा उनलाई रंगेहात पक्राउ गरी २१ वैशाखमा मुद्दा दायर गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
-
बौलाहा खोलामा मोटरेबल पुल निर्माण
-
इटालीको राष्ट्रिय फुटबल टोली सम्हाल्न पेप ग्वार्डिओलामाथि नजर
-
कतारका पूर्वअमिरको निधनमा नेपालमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाइने
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण