नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
मङ्गलबार, ३० असार २०८३, २० : १०
सारांश
- पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ठगी र सङ्गठित अपराधमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवानाको फैसला सुनाएको छ।
- जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई भुटानी शरणार्थी प्रकरणमा मतियार ठहर गर्दै सजाय सुनाएको हो।
- खाणलाई यस फैसला उपर उच्च अदालत र सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बाटो खुला छ।
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई 'ठगी र सङ्गठित अपराध' मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ।
मंगलबार जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाँणलाई भुटानी शरणार्थी प्रकरणमा 'मतियार' ठहर गर्दै सजाय सुनाएको हो।
खाणले यस फैसला उपर उच्च अदालत र सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बाटो अझै खुला छ । यदि माथिल्लो अदालतले उनलाई 'निर्दोष' ठहर गरेमा मात्र उनको राजनीतिक जीवन पुनः जीवित हुन सक्छ।
तर, जिल्ला अदालतले पेस गरेका प्रमाण र मन्त्रालयको रेकर्ड किर्ते भएको देखिएमा भने उच्च अदालतले पनि सुरु जिल्ला अदालतको फैसला सदर गर्न सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण