अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
पर्वत। पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन्।
अदुवा नगदे तथा मसला बाली हो। दक्षिण पर्वतको अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बाली विस्थापित गर्दै अदुवाखेती गरेका हुन्।
गत वर्ष पाँच रोपनीमा सोचेभन्दा धेरै आम्दानी भएपछि यस वर्ष ६० रोपनी क्षेत्रफलमा अदुवाखेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिए।
गत वैशाखमा गरिएको अदुवाखेती आगामी पुस महिनामा खनेर बजार पठाइने भएको छ। यहाँका प्रत्येक कृषकले चारदेखि छ क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झन्डै ६० क्विन्टल अदुवा बिक्री गरेर ६ लाख रुपैयाँ आम्दानी गरेका कृषकले यस वर्ष १० मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान गरेका छन्।
मकै र कोदो खेती गर्न छोडेपछि बाँदर हराउँदै गएको छ। आम्दानी पनि दोब्बर भएको छ। स्थानीय ‘नशे’ जातको अदुवाको उत्पादन राम्रो भएपछि कृषक अदुवाखेतीमा आकर्षित भएका छन्।
अदुवाखेतीको प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गर्न कृषि विकास कार्यालय पर्वतले बीउमा प्रतिकिलो १०० रुपैयाँ र बजार मूल्यमा प्रतिकिलो ५० रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ। यस वर्ष गाउँपालिकाले समूहलाई थप ३ लाख रुपैयाँ अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।
नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक राष्ट्र हो। उत्पादनको झन्डै ६० प्रतिशत अदुवा भारतलगायतका देशमा निर्यात हुन्छ। ग्रामीण अर्थतन्त्र उकास्न र कृषकको आयआर्जन बढाउन अदुवा बाली महत्त्वपूर्ण मानिन्छ।
नेपालका ६९ जिल्लामा अदुवाको व्यावसायिक खेती हुन्छ। जसमध्ये इलाम, सल्यान, पाल्पा, डोटी, मकवानपुर र धनकुटा प्रमुख अदुवा उत्पादन गर्ने जिल्लामा पर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण