बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
सारांश
- सुर्खेतको भेरी नदी किनारमा जुनिचाँदे गाउँपालिकाका कर्ण बहादुर रावतको शव भेटिएको छ ।
- बाख्रा चराउन गएका रावत भीरबाट लडी खोलामा परेका र खोलाले बगाएर बेपत्ता भएका थिए ।
- पोस्टमार्टमपछि उनका छोराले शव बुझेका छन् ।
सुर्खेत । जाजरकोटका एक युवकको भेरी नदीमा शव भेटिएको छ । मृत भेटिनेमा जुनिचाँदे गाउँपालिका—१ बस्ने वर्ष ४५ का कर्ण बहादुर रावत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुुसार, रावतको शव गुर्भाकोट नगरपालिका—११ बर्माघाटस्थित भेरी नदी किनारमा भेटिएको थियो ।
सोमबार बेलुका स्थानीयले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी मेहलकुना, सुर्खेतबाट प्रहरी नायव निरीक्षक मनिष गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली घटनास्थल खटिएको थियो ।
शव पोस्टमार्टमका लागि मेहलकुना अस्पतालको शवगृहमा राखिएको थियो । मंगलबार उनका छोरा गणेश रावतले बुबाको सनाखत गरी शव बुझेका छन् ।
‘कर्ण बहादुर असार २५ गते आफ्नै घरबाट बाख्रा चराउन गएका थिए,’ प्रहरी प्रवक्ता बोहोराले भने, ‘त्यही बेला भीरबाट लडी खोलामा परेका थिए भने खोलाले बगाएर बेपत्ता गराएको थियो ।’
उक्त खोलाले बगाउँदै भेरीमा पुर्याएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण