यौन शोषणको आरोपमा गायक आर केल्लीलाई ३० वर्ष जेल सजाय
आफू सेलिब्रेटी भएको फाइदा उठाउँदै बालबालिका र महिलामाथि यौन शोषण गरेको आरोपमा दोषी करार गर्दै अमेरिकी गायक आर.केल्लीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । उनको वास्तविक नाम रोबर्ट सिल्भेस्टर केल्ली हो । उनीमाथि लामो समयदेखि यौनशोषणको आरोप लाग्दै आइरहेको थियो । ५५ वर्षीय आरएन्डबी कलाकार ठगी र मानवबेचविखनको मामिलामा गत सेप्टेम्बरमा न्युयोर्कमा दोषी पाइएका थिए । उनका वकिलले अदालतको आदेशविरुद्ध पुनरावलोकनमा जाने बताएका छन् ।
अमेरिकी न्यायाधीश एन डोनलीले केल्लीले सेक्सलाई हतियारको रूपमा प्रयोग गरेर पीडितहरूलाई भन्न पनि नसकिने कामहरू गर्न लगाएको र केहीलाई यौनजन्य रोगबाट सङ्क्रमित गराएको बताइन् । ‘आई बिलिभ आई क्यान फ्लाई’ जस्ता चर्चित गीतका लागि चिनिएका केल्लीले महिला र बालबालिकाहरूलाई २ दशकसम्म यौन शोषण गरेका थिए ।
केल्ली सन् २०१९ को जुलाईदेखि हिरासतमा थिए । सन् २०२० मा उनलाई अर्का कैदीले कुटपिट गरेपछि चर्चामा आएका थिए । अब अप्रिलमा उनको सिकागोमा बालबालिकाको आपत्तिजनक तस्बिरबारे मुद्दाको सुनुवाइ हुनेछ । त्यस्तै, इलिनोइस र मिनेसोटामा पनि उनको मुद्दाको सुनुवाइ हुन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण