सिकलसेल रोगको स्थायी समाधान गर्न लुम्बिनी सरकारले कार्यक्रम ल्याउँदै
लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोगको स्थायी समाधान गर्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सिकलसेल रोगको निवारण गर्न दीर्घकालीन योजना ल्याउने जनाएको हो ।
थारु समुदायमा देखिने गरिएको सिकलसेल रोगलाई निवारण गर्न प्रदेश सरकारले विशेष योजना बनाएको हो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले बच्च जन्मिने बित्तिकै सिकलसेल भए नभएको परीक्षण गरिने बताए । उनले प्रदेशका ८ अस्पतालबाट सिकलसेल रोगको उपचारका लागि सिकलसेल परामर्श केन्द्र स्थापना गरिएको बताए ।
यस्तै निःशुल्क रक्त सञ्चार सेवा सञ्चालन सुरु भएको उनले बताए । त्यसका लागि आगामी आर्थिक वर्षको लागि २ करोड बजेट विनियोजन गरिएको छ । उनले प्रदेशभित्र चल्ने १२० एम्बुलेन्समा ट्रयाकिङ सिस्टम जडान गरिएको बताए । मन्त्रालयका सचिव डा। विकास देवकोटाले ४३ वटा निकायहरूबाट प्रदेशमा स्वास्थ्य सेवा प्रदान गर्दै बिरामी र मृत्युदरको सङ्ख्या घटाउनको लागि काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण