बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

घोराहीमा मोटरसाइकलले ठक्कर दिँदा २ जनाको मृत्यु

बिहीबार, १६ असार २०७९, २२ : ४७
बिहीबार, १६ असार २०७९

दाङको घोराहीमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षीय गंगाबहादुर कुँवर र साइकलयात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बेलुकी पौने ९ बजे सौडियारबाट घोराहीतर्फ आउँदै गरेको  रा ३ प २९२२ मोटरसाइकलले घोराही ७ बेसाही नजिक २ वटा साइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय वसन्त चौधरी र अर्का साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप