‘द नेशनल डिजाइनर रनवे’ हुने

मोडल सङ्स नेपालको आयोजनामा नेपालमै पहिलो पटक राष्ट्रियस्तरको फेशन डिजाइनर लक्षित ‘द नेशनल डिजाइनर रनवे’ हुने भएको छ । एक विज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्स नेपालले ‘द नेशनल डिजाईनर रनवे’ को जानकारीसहित आवेदन समेत खुलला गरेको हो ।
आयोजक संस्थाका सिइओ डेबिल सिंह राजपुतले फेशन डिजाइन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागेको बताए । शोका लागि फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका, लिँदै गरेका विद्यार्थी तथा फेसन डिजाइनिङ तथा बुटिक सम्बद्ध इच्छुक प्रतिस्पर्धीले आवेदन दिन सक्नेछन् ।
राजपुतले प्रतियोगिताका उत्कृष्ट विजेताले शीर्ष उपाधीसहित नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारसँगै अन्य विभिन्न आकर्षक उपहार प्राप्त गर्ने जानकारी दिए । उनका अनुसार ‘द नेशनल डिजाईनर रनवे’ को उत्कृष्ट १० भित्र रहन सफल हुने प्रतिस्पर्धीहरुले आफुले तयार गरेका फेशन डिजाईन थाईल्याण्डमा हुने ‘ग्लोवल फेशन रनवे’ को स्टेजमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै, शव पशुपति लगियो (तस्बिरहरू)
-
चीनको एउटा कारखानामा रोबोटले मान्छेलाई थप्पडै थप्पड हानेपछि...
-
राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ