'लालकिल्ला' ललितपुरमा पम्फाको विजय उत्सव (फोटोफिचर)
शनिबार, २३ मङ्सिर २०७४, १६ : ०७
ललितपुर । माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल लतिलपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।
बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी भुसाल २४ हजार ३५ मत सहित निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मदन बहादुर अमात्यले २२ हजार ३२९ मत ल्याएका छन् ।
बामपन्थीको किल्ला मानिने ललितपुरमा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सबै सिट नेपाली कांग्रेसले जितेको थियो ।
तर, यसपटक ललितपुर पुनः लाल किल्ला बन्ने देखिएको छ ।
ललितपुर–२ बाट पनि बाम गठबन्धनका कृष्णलाल महर्जनले २७ हजार ७१३ मत सहित जित हाँसिल गरिसकेका छन् भने क्षेत्र नम्बर १ मा बाम गठबन्धनकै उम्मेदवार नवराज सिलवालले अग्रता लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण