उपाधिका लागि पुलिस र एपीएफ भिड्दै
शनिबार, १८ असार २०७९, १० : ५०
बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्दैछन् ।
शनिबार कीर्तिपुरस्थित मल्टी प्रपाेज कभर्डहलमा हुने फाइनल खेल अपराह्न ३ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित भएको पुलिस आजको खेलमा जित निकाल्न चाहन्छ ।
यता लिग चरणमा पुलिससँग पराजित भएको एपीएफ फाइनलमा हराएर उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छ । त्यस्तै शनिबार नै तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माविबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार पाउने छन् । त्यस्तै तेस्रोले १ लाख २५ हजार र चौंथोले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण