बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला सुरु

शनिबार, १८ असार २०७९, १२ : ४२
शनिबार, १८ असार २०७९

स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि सङ्घीय संसद् निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ ।

ललितपुरको हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।

यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द माण्डपका अनुसार  ललितपुरस्थित बैठकमा सङ्घीय निर्वाचनका आकांक्षीहरूको सामूहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप