दीपक भट्टको घरबाट बरामद सामग्रीको मुचुल्का अदालतमा पेस
काठमाडौं । व्यवसायी दीपक भट्टविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा अभियोग दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले उनीविरुद्ध बिहीबार अभियोगपत्र दायर गरेको हो ।
चैत १९ मा पक्राउ परेका भट्टको सानेपास्थित घर र उनको कम्पनी इन्फिनिटी होल्डिङको कार्यालय भवनमा विभागले छापा मारेको थियो । वैशाख १ र २ मा उनको घर र कम्पनीमा खानलासी गरेर त्यहाँ भेटिएको दशीका सामान बरामद गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
ललितपुर महानगरपालिका–२ सानेपामा रहेको घर र कम्पनीको कार्यालयबाट २ हजार अमेरिकी डलर, ३० हजार थाई भाट र १४ लाख ९३ हजार नेपाली रुपैयाँ बरामद गरिएको अभियोग पत्रमा उल्लेख छ । विभागले खानतलासी एवं बरामदी मुचुल्का विशेष सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको छ । भट्टको घरबाट विभागका अनुसन्धान अधिकृतहरूले सवारी साधन पनि बरामद गरेका थिए ।
भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्थ मन्त्रालयमा समेत उजुरी परेको विवरण प्राप्त भएको विभागको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
विभागले उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबारे दुई महिनासम्म अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । भट्ट र उनका साझेदारहरू मिलेर हिमालयन रि–इन्स्योरेन्स सहित पाँच वटा इन्सुरेन्स कम्पनीबाट रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण