कोरोना जोखिम भत्ता नपाएपछि भीम अस्पतालमा कर्मचारीद्वारा ओपीडी सेवा बन्द
कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले आज बिहान देखि ओपीडी सेवा बन्द गराएका छन् ।
सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ता असार मसान्तसम्म पनि नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने परेको सङ्घर्ष समितिका संयोजक गोपाल उध्याध्यले बताए । उनले रातोपाटीसँग भने -'अहिले शान्तिपूर्ण आन्दोलनमा छौ सरकारले माग सम्बोधन गर्न ढिलाइ गरे थप आन्दोलनमा जान्छौ ।'
उपाध्यायका अनुसार बिहान ९ बजे देखि १२ बजे सम्म ओपीडी सेवा बन्द गरेको हो । भीम अस्पतालबाट सुरु भएको आन्दोलन देशव्यापी रूपमा जान सक्ने उनले चेतावनी दिए । भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी रहेको दाबी गरेका छन् ।
भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते सङ्घर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् ।
अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले राज्यले घोषणा गरेको कोरोना जोखिम भत्ता बापतको रकम हालसम्म नपठाएका कारणले दिन नसकेको बताए । उनले पटक पटक मन्त्रालय पत्राचार गरे पनि अझै सम्म नआउँदा समस्या भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण