‘सम्झना बिर्सना’ को ट्रेलर : आकाशप्रति पूजाको वान साइड लभ !

फिल्म ‘सम्झना बिर्सना’ ३१ असारबाट प्रदर्शनमा आउँदैछ । निर्माण युनिट अहिले फिल्मको प्रचार प्रसारमा जुटेका छन् ।
यस्तैमा फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन दोश्रो ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ प्रति पूजा शर्माको वान साइड लभ देख्न सकिन्छ ।
निमेष प्रधानको लेखन निर्देशक रहेको फिल्मको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मजदुरका समस्याले समेत ट्रेलरमा प्राथमिकता पाएको छ ।
दार्जिलिङ, सिलगुढी, सिक्किम लगायतका रमणीय स्थानमा फिल्म छायांकन भएको हो । फिल्ममा आकाश र पूजाको अलवा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा गायतको अभिनय देख्न सकिन्छ ।
अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्म आदित्य फिल्मस्को प्रस्तुतिमा निर्माण भएको हो ।
शिब ढकालले छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङको संगीत छ । कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापीरुपमा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना
-
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
-
विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको 'केटुके ड्राइभ' सुरु
-
हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेशमा लगाइएको प्रतिबन्धमा अस्थायी रोक
-
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या
-
ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह