१ सय करोड क्लबमा ‘जुग जुग जियो’
अभिनेता वरुण धवन र कियारा आडवाणी स्टारर फिल्म ‘जुग जुग जियो’ ले विश्वभर १०० करोड भारुको आँकडा पार गरेको छ । यस फिल्ममा अनिल कपुर पनि मुख्य भूमिकामा छन् । हालै फिल्म १०० करोड क्लबमा परेपछि वरुण र अनिलले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।
वरुण धवनले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, "विश्वव्यापी १०० करोड। तपाईं सबै फ्यानहरूलाई धेरै धेरै धन्यवाद।" अर्कोतर्फ अनिल कपूरले लेखेका छन्, "यो भन्दा खुसीको कुरा के हुन सक्छ। हाम्रो 'जुग जुग जियो' परिवारलाई यति धेरै माया दिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। हामीसँग रहनुहोस्।"
फिल्म २४ जुनमा विश्वभर ४ हजार ३८९ स्क्रिनमा रिलिज भएको थियो । योसँगै फिल्मले भारतमा ३ हजार ३ सय ७५ स्क्रिन पाएको छ । राज मेहताको निर्देशनमा बनेको यस फिल्ममा वरुण-कियाराका अलावा अनिल, मनिष पल र प्राजक्ता कोली पनि मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण