कियाराका ‘क्रेजी’ फ्यान
बलिउड अभिनेत्री कियारा आडवाणीले हालै एक अन्तर्वार्ताका क्रममा एक पागल फ्यानको बारेमा खुलासा गरेकी छिन् । उनले एक फ्यानले आफूलाई निकै चकित बनाएको र त्यसको कारण निकै डराएको पनि बताइन् । कियाराले आफू आफ्नो अपार्टमेन्टको माथिल्लो तलामा बस्ने बताइन् । यस्तो अवस्थामा उनका फ्यानले आफू कति ठूलो फ्यान हो भन्ने देखाउन लिफ्टबाट नआएर सिँढीबाट आउने निधो गरे ।
कियाराले भनिन्, ‘एउटा व्यक्तिले मेरो लागि अहिलेसम्मकै सबैभन्दा पागल काम गर्नुभयो । उहाँ साँच्चै एक पागल प्रशंसक हुनुहुन्थ्यो। मेरो घर कुन तल्लामा छ म बताउँदिनँ। तर वहाँ मलाई भेट्न माथिसम्म सिँढी चढेर आउनुभयो । उहाँलाई अत्यधिक पसिना आएको थियो । मैले सोधेँ के भयो ? तपाईं ठीक हुनुहुन्छ? पानी चाहियो?'
उनले थप भनिन्, ‘त्यसपछि ती फ्यानले मलाई भन्नुभयो कि म सिँढी चढेर आएको छु । तिमी मेरो लागि कति विशेष छौ भनेर देखाउन चाहन्थें। उनको कुरा सुनेर म डराएको थिएँ र यो पागलपन महसुस भयो।'
कियारा हालै रिलिज भएका ‘जुग्जुग जियो’ र ‘भूल भुलैया २’ को सफलताको आनन्द लिइरहेकी छिन् । यस बाहेक उनी विक्की कौशल र भूमि पेडनेकरको साथ ‘गोविन्द नाम तेरा’ मा देखिनेछिन् । यससँगै उनीसँग रामचरणको तेलुगु फिल्म ‘आरसी १५’ पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण