विवादमा ‘काली’ को पोस्टर
चलचित्र निर्माता लीना मणिमेकले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन्, जसमा काली बनेकी अभिनेत्रीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा आक्रोश चर्किएको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पुर्याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न माग गरेका छन् ।
अब यो विवादमा लीना मणिमेकलाईको प्रतिक्रिया पनि आएको छ । लीनाले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै लेखेकी छन्, "मसँग गुमाउनको लागि केही छैन। म सधैँ निडर भएर आवाज उठाउनेछु। यदि मेरो जीवनको मूल्य चुकाउनु पर्यो भने त्यो पनि दिन म तयार छु।" लीनाले आफ्नो फिल्म टोरन्टोको आगा खान म्युजियममा ‘रिदम अफ क्यानडा’ कार्यक्रमको एक हिस्सा भएको बताएकी छन् ।
जब लीनाले धेरै आलोचनाको सामना गर्नुपरे पछि उनले आफ्नो सोशल मिडिया खातालाई निजी बनाएकी छन् भने कमेन्टमा प्रतिबन्ध लगाएकी छन् । विरोधपछि लीनाले तमिलमा पोस्ट सेयर गर्दै लेखेकी छन्, "यो फिल्म एउटा घटनाको कथा हो जसमा एक साँझ काली देखापर्छिन् र टोरन्टोको सडकमा घुम्छिन् । यदि तपाईंले चलचित्र हेर्नुभयो भने, तपाईंले मलाई पक्राउ गर्नु पर्ने ह्यासट्याग ट्वीटहरू नभएर तर मलाई माया गर्ने ह्यासट्यागको ट्वीटहरू साझा गर्नुहुनेछ ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण