नवाजुद्दीन सिद्दिकीकी पत्नीविरुद्ध ठगीको आरोप
नवाजुद्दीन सिद्दिकीकी पत्नी तथा निर्माता आलिया सिद्दिकीको फिल्म ‘होली काउ’ को रिलिज मिति हालै घोषणा गरिएको छ । चलचित्र अगस्ट २६ मा सिनेमाघरमा रिलिज हुँदैछ । यद्यपि यो फिल्मको क्रिएटिभ प्रोड्युसर मञ्जु गढवालले आलिया सिद्दिकीमाथि ठगी गरेको गम्भीर आरोप लगाएकी छिन् ।
मञ्जुले आलियाले विगत साढे तीन वर्षदेखि आफ्नो करिब ३३ लाख रुपैयाँ भुक्तानी नगरेको दाबी गरेकी छन् । यस विषयमा उजुरी पनि परेको छ । दैनिक भास्करसँगको कुराकानीमा मञ्जु गढवालले भनिन्, ‘अहिले उज्जैन र अम्बोली थानामा उजुरी दर्ता छ। त्यहाँ आलियालाई आफ्नो पक्ष प्रस्तुत गर्न बोलाइएको छ । यदि पुलिस आलियाको तर्कमा सन्तुष्ट भएन भने उनको विरुद्ध एफआईआर दर्ता गरिनेछ।'
उनले आलियाविरुद्ध मुम्बईको सिने अर्गनाइजेसन फेडरेसनमा मुद्दा पनि दर्ता भएको बताए । त्यहाँ पछिल्लो दुई महिनादेखि आलियालाई आफ्नो पक्ष राख्न बोलाइएको छ । तर आलिया त्यहाँ पुगेकी छैनन् । यता आलिया भन्छिन्, ‘यो मुद्दा प्रहरी र अदालतमा छ । त्यसैले यस विषयमा अहिले म केही भन्न सक्दिनँ । जो गल्ती गर्छ, उसलाई कानुनले सजाय दिन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण