नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज
बुधबार, २२ असार २०७९, ०६ : ३०
नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो ।
दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।
विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।
यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण