निर्माणाधीन त्रियुगा पुल भाँचिएको एक वर्षदेखि अलपत्र
बुधबार, २२ असार २०७९, ०७ : २९
उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ । अलपत्र अवस्थामा रहेर १२ वर्ष अघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो ।
निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधिन मोटरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको थियो । बाढीले क्षतिग्रस्त बनाएको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुलको अध्ययनका लागि सरकारले विशेषज्ञ टोली गठन गरेको थियो । तर, अझै निर्माणको काम सुरु भएको छैन ।
३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्याब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भासिएपछि पुल दुई टुक्रा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण