बलिउडमा डेब्यू गर्दै सामन्था
दक्षिण भारतकी सुपरस्टार सामन्था रुथ प्रभुले अब चाँडै बलिउडमा डेब्यू गर्ने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार सामन्थाले आयुष्मान खुरानासँग आफ्नो पहिलो बलिउड चलचित्र साइन गरेकी हुन् ।
सामन्थालाई चलचित्रको स्क्रिप्ट मनपरेपछि चलचित्रलाई ‘ओके’ भनेको बताइएको छ । सामन्थाले अमेजन प्राइमको वेब सिरिज ‘द फ्यामिली म्यान’ को सिजन २ बाट आफ्नो डिजिटल डेब्यु गरिसकेकी छन् । त्यसपछि उनका फ्यानहरूले उनले बलिउडमा डेब्यु गर्ने प्रतीक्षा गरिरहेका थिए ।
रिपोर्टका अनुसार निर्माताहरुले चलचित्रको जानकारी लुकाएर राखेका छन् । चलचित्रको सुटिङ यो वर्षको अन्त्यतिर हुने सन् २०२३ को अन्त्यमा रिलिज हुने मात्र बताइएको छ । चलचित्रलाई कसले निर्देशन गर्छन् भन्ने फाइनल हुन बाँकी रहेको छ । यो मात्र होइन सामन्थाले अर्को हिन्दी चलचित्र पनि साइन गरिसकेको बुझिएको छ । सो चलचित्र पौराणिक महाकाव्यमा आधारित रहेको र त्यसको सुटिङ २०२३ मा सुरु हुने उल्लेख छ ।
मोडलका रूपमा आफ्नो करियर सुरु गरेकी सामन्थाले कयौँ ब्लकबस्टर चलचित्रमा काम गरिसकेकी छन् । साउथमा सबैभन्दा बढी पारिश्रमिक लिने नायिकामा उनको नाम शीर्ष स्थानमा रहेको छ । हालै ‘पुष्पा’ चलचित्रमा उनको आइटम नम्बर ‘ऊ अन्तावा’ निकै रुचाइएको थियो । सामन्थाले साउथका सुपरस्टार नागार्जुनका छोरा नागा चैतन्यसँग विवाह गरेकी थिइन् । तर उनीहरू अलग भइसकेका छन् ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण