दोहोरो भूमिकाबाट अभिनयमा कमब्याक गर्दै ऐश्वर्या
अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि फिल्म अभिनयमा कमब्याक गर्दैछिन् । उनी मणिरत्नमको फिल्म ‘पोन्नियिन सेलवन’ बाट अभिनयमा फर्किन लागेकी हुन् । फिल्ममा उनको दोहोरो भूमिका रहेको छ ।
दुई मध्य एक पझुवुरको राजकुमारी नन्दिनीको भुमिका रहेको छ, भने अर्काे मन्दाकिनी देवीको रहेको छ । फिल्ममा चियान विक्रम ‘आदित्य करिकालन’ र कार्थी ‘वन्थियाथेवन’ को भुमिकामा देखिँदै छिन् ।
निर्माण युनिटले फिल्मको ऐश्वर्या राय बच्चनको पोष्टर समेत सार्वजनिक गरेको छ । ‘प्रतिशोधको एउटा सुन्दर अनुहार, पझुबुरकी रानी नन्दिनीसँग मिल्नुस्’ पोस्टरका साथ लेखिएको छ ।
तमिल, हिन्दी, तेलूगू, मलयालम र कन्नड भाषामा ३० सेप्टेम्बरमा रिलिज हुने फिल्म ‘पोन्नियिन सेलवन’ मणिरत्नमको ड्रीम प्रोजेक्ट हो । यो फिल्मलाई फ्लोरमा ल्याउन उनलाई एक दशक भन्दा बढी समय लागेको थियो । उनले धेरै पटक फिल्म बनाउने प्रयास गरे तर बजेट र कास्टिङको कमीका कारण योजना साकार हुन सकेको थिएन । अहिले भने सफलता मिलेको छ ।
फिल्ममा चियान विक्रम, तृषा, कार्थी, ऐश्वर्या राई बच्चन, जयम रवि, प्रकाश राज, सरथकुमार, ऐश्वर्या लक्ष्मी र शोभिता धुलिपलाको मुख्य भूमिकामा देखिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण