दोहोरो भूमिकाबाट अभिनयमा कमब्याक गर्दै ऐश्वर्या

अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि फिल्म अभिनयमा कमब्याक गर्दैछिन् । उनी मणिरत्नमको फिल्म ‘पोन्नियिन सेलवन’ बाट अभिनयमा फर्किन लागेकी हुन् । फिल्ममा उनको दोहोरो भूमिका रहेको छ ।
दुई मध्य एक पझुवुरको राजकुमारी नन्दिनीको भुमिका रहेको छ, भने अर्काे मन्दाकिनी देवीको रहेको छ । फिल्ममा चियान विक्रम ‘आदित्य करिकालन’ र कार्थी ‘वन्थियाथेवन’ को भुमिकामा देखिँदै छिन् ।
निर्माण युनिटले फिल्मको ऐश्वर्या राय बच्चनको पोष्टर समेत सार्वजनिक गरेको छ । ‘प्रतिशोधको एउटा सुन्दर अनुहार, पझुबुरकी रानी नन्दिनीसँग मिल्नुस्’ पोस्टरका साथ लेखिएको छ ।
तमिल, हिन्दी, तेलूगू, मलयालम र कन्नड भाषामा ३० सेप्टेम्बरमा रिलिज हुने फिल्म ‘पोन्नियिन सेलवन’ मणिरत्नमको ड्रीम प्रोजेक्ट हो । यो फिल्मलाई फ्लोरमा ल्याउन उनलाई एक दशक भन्दा बढी समय लागेको थियो । उनले धेरै पटक फिल्म बनाउने प्रयास गरे तर बजेट र कास्टिङको कमीका कारण योजना साकार हुन सकेको थिएन । अहिले भने सफलता मिलेको छ ।
फिल्ममा चियान विक्रम, तृषा, कार्थी, ऐश्वर्या राई बच्चन, जयम रवि, प्रकाश राज, सरथकुमार, ऐश्वर्या लक्ष्मी र शोभिता धुलिपलाको मुख्य भूमिकामा देखिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे
-
इन्फिनिक्सले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन, मूल्य २५ हजार ९९९
-
एन्फाद्वारा राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षकलाई स्वागत
-
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापीरुपमा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना
-
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
-
विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको 'केटुके ड्राइभ' सुरु