‘प्रधानमन्त्रीको अमेरिका भ्रमण तत्काल नहुने’
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्काल नहुने भएको छ । अमेरिकासँग एसपीपी संझौता नगर्ने सरकारको निर्णयका बीच पनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको बेला प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटका क्रममा देउवाले आफ्नो तत्काल अमेरिका भ्रमण नहुने भनेर जानकारी गराएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले तत्काल प्रधानमन्त्री अमेरिका नजाने ब्रिफिङ गरेको एक नेताले बताए ।
‘एसपीपी नगर्ने भनेर निर्णय भइसकेको छ। तर, अर्को नाममा हुने भनेर फेरि मिडियामा चर्चा चलेको छ। हिजो मात्रै प्रमसँग भ्रमणबारे के हो भनेर सोधेको थिएँ । एसपीपी नबढाउने भन्ने त भएको थियो । यसमा साँचो कुरा भनिदिनु पर्यो भन्दा कुनै पनि नाममा केही सम्झौता हुँदैन भनेर विश्वास दिलाउनु भएको छ’, प्रचण्डले भने,‘अमेरिका भ्रमण पनि निश्चित छैन । राष्ट्र संघको साधारणसभाका क्रममा हुनसक्छ । तत्काल भ्रमण सम्भव छैन । भ्रमण स्वीकृत छैन भन्ने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण