काठमाडौंको सडकमा पानीको दह !

वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् ।
यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानी पोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिछ्याएर कालोपत्रेको काम थाँती राख्दा दैनिक हजारौँ सवारी एवं पैदल यात्रुले सास्ती भोग्नुपरेको छ । हप्तौँदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ । ग्राभेल हालेर सडक नबनाउँदा पैदल यात्रामा कठिनाइ भएको स्थानीयवासी राजेन्द्र चालिसेले गुनासो गरे ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परेका हुन् । जसका कारण स्थानीयवासीले आयोजनालाई गाली गरिरहेका छन् ।
निर्देशनालयका सूचना अधिकारी एवं आयोजना उपनिर्देशक चन्द्रकुमार श्रेष्ठ यो सडक कालोपत्र हुने क्रममा रहेको बताउछन् । वर्षात्का कारण केही समय काम रोकिए पनि छिट्टै काम सम्पन्न हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म